Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

चन्द्रागिरीमा निःशुल्क सवारी साधन परीक्षण,१०० मा ५६ सवारी साधन मात्रै उत्सर्जन परीक्षणमा उत्तीर्ण

चन्द्रागिरीमा निःशुल्क सवारी साधन परीक्षण,१०० मा ५६ सवारी साधन मात्रै उत्सर्जन परीक्षणमा उत्तीर्ण

अर्थ प्लस
चन्द्रागिरीमा निःशुल्क सवारी साधन परीक्षण,१०० मा ५६ सवारी साधन मात्रै उत्सर्जन परीक्षणमा उत्तीर्ण

काठमाडौं, जेठ १९ । काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयास स्वरुप चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा निःशूल्क सवारी परीक्षण गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाले यूएसआईडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँग सहकार्य गरेर जेठ १६ र १७ गते उक्त परीक्षण कार्यक्रम आयोजना गरेको हो ।  

उक्त अवसरमा उत्सर्जन परीक्षण पास गर्ने सवारी साधनलाई हरियो स्टिकर प्रदान गरिएको थियो । दुई दिने कार्यक्रममा १०० वटा सवारी साधनको परीक्षण गरिएको थियो जसमा ५६ सवारी साधन उत्सर्जन परीक्षणमा उत्तीर्ण भएका थिए भने हरियो स्टिकर नभएका २५ सवारी साधनले हरियो स्टिकर प्राप्त गरेका थिए ।

समयमै सवारी साधन मर्मत सम्भार गर्न नसक्नु, इन्जिनको खराब अवस्था हुनु, एयर फिल्टर बन्द हुनु, इग्निशन कोइल, स्पार्क प्लग, विद्युतीय सर्किट र ईएफआई प्रणाली जस्ता भागहरूमा समस्या हुनु,हावा र इन्धनको असन्तुलित अनुपात, ईजीआर भल्भको कमजोर काम, कम गुणस्तरको इन्धन र लुब्रिकेन्टको प्रयोग, र टर्बो चार्जर र सुपर चार्जरको समस्या सवारी साधनको उत्सर्जनमा बृद्धि हुनुका मूख्य कारणहरु हुन् । 

नियमित रूपमा सवारी साधनको अवस्था परीक्षण गर्ने, सवारी साधनको नियमित सर्भिसिङ गर्ने र वातावरणीय स्वच्छतामा ध्यान दिन सकेमा वायु प्रदूषण धेरै हदसम्म न्यूनिकरण गर्न सकिने सो अवसरमा जानकारी दिइएको थियो । 

 

सम्बन्धित समाचार