काठमाडौँ, जेठ २० । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि आज अर्थात् आइतबारबाट प्रतिनिधिसभामा छलफल हुँदैछ ।
अर्थमन्त्री वर्षमान पुनले गत दुबै सदनमा मंगलबार प्रस्तुत गरेको बजेटमाथि सामान्य छलफललाई प्रतिनिधि सभाले सम्भावित कार्यसूचीमा राखेको छ ।
बजेटमाथि छलफल गर्न आइतबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री पुनले जवाफ दिनेछन् ।
यसैगरी, यो दिन, राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजस्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक बोलाइएको छ ।
राष्ट्रिय सभामा भने तीन दिनसम्म बजेटमाथि छलफल हुने छ । त्यसपछि अर्थमन्त्रीले जेठ २३ गते अर्थमन्त्रीले जवाफ दिने पूर्वनिर्धारित योजना छ ।
सरकारले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।
