Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १७ सय रुपैयाँले बढेर कति पुग्यो ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १७ सय रुपैयाँले बढेर कति पुग्यो ?

अर्थ प्लस
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १७ सय रुपैयाँले बढेर कति पुग्यो ?

काठमाडौँ, जेठ  २२ । आज (मङ्गलबार) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको कारोबार मूल्यको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको हो ।

सोमबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएकोमा आज बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । यसअघि गत शुक्रबार सुनको मूल्य सबैभन्दा बढी १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेकोमा आज मङ्गलबार उक्त रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड कायम भएको हो । 

त्यस्तै, प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ रहेको तेजावी सुन आज १ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । 

 

सम्बन्धित समाचार