काठमाडौँ, जेठ २४ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।
गत मङ्गलबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले एक दिन पछि नै पुनः नयाँ कीर्तिमान बनाएको हो ।
छापावाला सुन बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन बुधबार प्रतितोला १ लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज १ लाख ४३ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य आज १ हजार ८ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला १ हजार ८ सय २५ रहेको थियो ।
