Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

चौधरी ग्रुपको ग्रामीण दूरसञ्चार सेवा अनुमतिपत्र खारेज

चौधरी ग्रुपको ग्रामीण दूरसञ्चार सेवा अनुमतिपत्र खारेज

अर्थ प्लस
चौधरी ग्रुपको ग्रामीण दूरसञ्चार सेवा अनुमतिपत्र खारेज

काठमाडौँ, जेठ २४ । चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडलाई ग्रामीण दूरसञ्चार सेवाका लागि दिएको अनुमतिपत्र (लाइसेन्स) नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै सीजीलाई दिएको ग्रामिण दूरसञ्चार सेवाको अनुमतिपत्र नियमअनुसार नवीकरण नभएकाले स्वतः रद्द गरिएको जानकारी दिएको हो ।

सीजी कम्युनिकेसनले नवीकरण दस्तुरसहित निवेदन पेस नगरेका कारण अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम २०८०।८।१६ देखि स्वतः रद्द भएको प्राधिकरणको भनाइ छ ।

सम्बन्धित समाचार