Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति ?

आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति ?

अर्थ प्लस
आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति ?

काठमाडौँ, जेठ २५ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार  आज अधिकांश विदेशी मुद्रा महँगिएको छ ।

यसअघि अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ १० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ७० पैसा रहेकोमा आज बढेरमा खरिदमा १३३ रुपैयाँ २६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८६ पैसा पुगेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेकोमा बढेर आज खरिदमा १४४ रुपैयाँ ८३ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९२ पैसा पुगेको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

 

सम्बन्धित समाचार