Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

अपर तामाकोशीको कट अफ प्राइस सोमबारसम्म आउने,बुधबारसम्म सम्बन्धित आवेदककै खातामा पैसा फिर्ता हुने

अपर तामाकोशीको कट अफ प्राइस सोमबारसम्म आउने,बुधबारसम्म सम्बन्धित आवेदककै खातामा पैसा फिर्ता हुने

अपर तामाकोशीको कट अफ प्राइस सोमबारसम्म आउने,बुधबारसम्म सम्बन्धित आवेदककै खातामा पैसा फिर्ता हुने
अपर तामाकोशी हाइड्रोपावरको लिमिटेडले गरेको लिलामी शेयरको कट अफ प्राइस सोमबारसम्म सार्वजनिक हुनेछ । कम्पनीको लिलामी शेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार उपनिर्देशक नारायण घिमिरेले आवेदन संकलन गर्ने कार्य भइरहेको बताए । उनले भने ‘आजसम्म सबै आवेदन स‌ंकलन गरेर भाेलि सूचना  निकाल्ने याेजना छ ।‘

उनले  अगाडि भने –‘सबै आवेदन संकलन भएमा भोलि बिहीबार सूचना निकालेर पर्सी शुक्रबारदेखि लिलामी शेयरको सिलबन्दी बोलपत्र फर्म खुला हुनेछ । ३० हजार जनाको आवेदन परेको हुँदा आइतबारसम्म फर्म खोल्न समय लाग्नेछ । सम्भवतः लिलामीको कटअफ मूल्य सोमबारसम्ममा सार्वजनिक हुनेछ ।’

योजना अनुसार सबै कार्य भए लिलामीको शेयर भर्ने लगानीकर्ताले शेयर हात पार्न नसकेमा बुधबारसम्म सम्बन्धित आवेदककै खातामा पैसा फिर्ता हुने उनले बताए ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १ बराबर १ को अनुपातमा निष्काशन गरेको हकप्रद शेयरको लिलामीमा ७ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको थियो । कम्पनीले हकप्रद शेयर आह्वान गर्दा नबिकेको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर लिलामीमा राखेको थियो । गुड फर पेमेन्ट समेतको रकम थपिँदा यो रकम अझै बढ्ने छ ।

सम्बन्धित समाचार