काठमाडौँ, जेठ २७ । ६० किलो सुनको भुक्तानीमा जोडिएको पेवेल वालेटका अध्यक्ष भीमप्रसाद तिमसिल्ना प्रक्राउ परेका छन् । केन्द्रिय अनसुन्धान ब्युरो (सीआइबि) ले अध्यक्ष तिमल्सिनासहित ६ जनालाई पक्राउ गरेको हो ।
कर्मचारीहरु प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा र काश्यव मानन्धर पनि सीआइबि नियन्त्रणमा रहेका छन् । सोहि भुक्तानी प्रकरणमा जोडिएको सजिलो पे वालेटका अध्यक्ष भने फरार सूचीमा रहेका छन् ।
सुन तस्करीहरूले सुनको रकम पठाउनको लागि दुई वटा वालेट एकाउन्ट प्रयोग गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले हुन्डी लगायत गैर कानुनी भुक्तानी कारोबारको शंकामा अनुसन्धानको घेरामा परेका दुई भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक खाता रोक्का गरेको छ।
