Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बैंक तथा वित्तीय संस्थाहरुका २३ वटा शाखा कार्यालय बन्द

बैंक तथा वित्तीय संस्थाहरुका २३ वटा शाखा कार्यालय बन्द

अर्थ प्लस
बैंक तथा वित्तीय संस्थाहरुका २३ वटा शाखा कार्यालय बन्द

काठमाडौँ, जेठ २८ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५६६ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो ।

यस अवधिमा २३ शाखा बन्द भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० असार मसान्तमा ११ हजार ५८९ रहेकोमा २०८१ बैशाख मसान्तमा ११ हजार ५६६ कायम भएकोछ । बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा एकै स्थानमा रहेका शाखा समेत मर्ज भएका हुन् ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८१ बैशाख मसान्तमा ११० रहेको छ यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

 

सम्बन्धित समाचार