Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने चार जना पक्राउ

विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने चार जना पक्राउ

अर्थ प्लस
विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, जेठ  २९ । अमेरिका फ्रान्स, न्यूजिल्याण्डलगायतको देशमा पठाईदिने भन्दै ३०० जना भन्दा धेरैसँग ठगी गर्ने ४ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध महाशाखाले काठमाडौंमा पत्रकार सम्मेलजनको आयोजना गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त, नविन विक र सोलुखुम्बुका नारायणकुमार खड्का छन् । तीन सय जना भन्दा बढी मानिसहरूसँग अमेरिका कम्बोडिया, न्यजिल्यान्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनाले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आकर्षक तलब, भत्तासहितको विज्ञापन सार्वजनिक गरी त्यसको सम्पर्कमा आउने व्यक्तिलाई विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए ।

 

सम्बन्धित समाचार