Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

स्थिर भएको तेस्रो दिनपछि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति पुग्यो ?

स्थिर भएको तेस्रो दिनपछि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति पुग्यो ?

अर्थ प्लस
स्थिर भएको तेस्रो दिनपछि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति पुग्यो ?

काठमाडौँ, जेठ ३० । बुधबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

यसअघि प्रतितोला १ लाख ४१ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज बढेर १ लाख ४१ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ रुपैयाँ रहेकोमा आज बढेर १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ । 

यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय २० रुपैयाँ पर्नेछ ।

सम्बन्धित समाचार