Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

पुसमा १४३ % ले बढ्यो लाभकर, पुसमा सर्ट टर्म कारोबारी हाबी, कसले कति तिरे लाभकर ?

पुसमा १४३ % ले बढ्यो लाभकर, पुसमा सर्ट टर्म कारोबारी हाबी, कसले कति तिरे लाभकर ?

पुसमा १४३ % ले बढ्यो लाभकर, पुसमा सर्ट टर्म कारोबारी हाबी, कसले कति तिरे लाभकर ?

काठमाडौ, माघ ४ । पुसमा शेयर बजार बढ्दाको फाइदा सरकारलाई भएको छ। गएको दुई महिनामा नेपाल सरकारले शेयर बजारबाट एक अर्ब ४ करोड ९२ लाख रुपैयाँ सङ्कलन गरेको छ। गत मंसिर र पुस महिनामा उक्त रकम बराबरको राजश्व सङ्कलन भएको हो ।

सिडिएससिले उपलब्ध गराएको तथ्याङ्क अनुसार मंसिर महिनाको तुलनामा पुस महिनामा पूँजीगत लाभ करमा १४३ प्रतिशतले वृद्धि भएको छ। मंसिर महिनामा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ लाभकर सङ्कलन गरेको सरकारले पुस महिनामा ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ पूँजीगत लाभकर असुल गर्‍यो। जुन मंसिरको तुलनामा १४३.६४ प्रतिशत बढी हो। शेयर बजारले गति समाएसँगै पुस महिनामा पूँजीगत लाभकर बढेको हो।

सरकारले दोस्रो बजारमा हुने शेयर कारोबारमा हुने नाफामा पूँजीगत लाभकर उठाउने गर्छ। जसमा दीर्घकालीन कारोबारमा हुने नाफामा ५ प्रतिशत, अल्पकालीनमा ७.५ प्रतिशत र संस्थागतबाट १० प्रतिशतका दरले असुल गर्ने गरेको छ। एक वर्ष भन्दा छोटो अवधिमा हुने नाफालाई सरकारले अल्पकालीन र त्यो भन्दा बढीको अवधिलाई दीर्घकालीन मान्दै आएको छ।

पुसमा दीर्घकालीन लगानीकर्ता भन्दा बढी सर्ट टर्म कारोबारी र संस्थापक बढी हाबी भएका छन्। पुसमा सबैभन्दा बढी सर्ट टर्म कारोबारीबाट लाभकर सङ्कलन भएको छ। गएको एक महिनामा सर्ट टर्म कारोबारीले मात्रै ५२ करोड ४४ लाख रुपैयाँ लाभकर तिरेका छन्। मंसिरमा भने उनीहरूले १४ करोड १४ लाख मात्रै तिरेका थिए।

त्यसैगरि संस्थागत लगानीकर्ताले पुसमा ४ करोड २४ लाख रुपैयाँ लाभकर तिरेका छन्। उनीहरूले मंसिरमा सात करोड १४ लाख तिरेका थिए।

यता दीर्घकालीन लगानीकर्ताले पुसमा १७ करोड ८९ लाख रुपैयाँ तिरेका छन्। उनीहरूले मंसिरमा ९ करोड २४ लाख रुपैयाँ तिरेका थिए।

सम्बन्धित समाचार