Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

अर्थ प्लस
त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, असार २ । त्रिभुवन अन्र्र्ताष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् । 

अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्वरी छन् । 

शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुनसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

घटनाको आवश्यक कारबाहीका लागि उनलाई भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार