Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

शेयर बजारमा तिब्र उतारचढाव, हाइड्रोपावरले फर्कायाे बजार

शेयर बजारमा तिब्र उतारचढाव, हाइड्रोपावरले फर्कायाे बजार

शेयर बजारमा तिब्र उतारचढाव, हाइड्रोपावरले फर्कायाे बजार

काठमाडौ, माघ ४ । शेयर बजारमा तिब्र उतारचढाव देखिएको छ। यस दिन हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण फर्किदा उच्च अंकले घटेको नेप्से सूचक फेरि फर्किएको हो।

यस दिन नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ अंकमा झरेको छ। सुरुवाती समयमा नेप्से सूचक २१३३ विन्दुसम्म झरेको भएपनि अन्तिम समयमा हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक केहि बढेको हो।

यस दिन कारोबार रकम भने केहि घटेको छ। बुधबार ९ अर्ब बढीको शेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्सको ३० करोड र ङादी ग्रुप पावरको २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

बिहीबार रिडि हाइड्रोपावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यता तेह्रथुम हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४३ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई लघुवित्तको ७.३० प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य ७.१९ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा व्यापार, हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ।

सम्बन्धित समाचार