Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सहकारीमा श्रीमान् अध्यक्ष, श्रीमती व्यवस्थापक भएर ९४ करोड २३ लाख रकम हिनामिना, गोकर्णबाट पक्राउ

सहकारीमा श्रीमान् अध्यक्ष, श्रीमती व्यवस्थापक भएर ९४ करोड २३ लाख रकम हिनामिना, गोकर्णबाट पक्राउ

अर्थ प्लस
सहकारीमा श्रीमान् अध्यक्ष, श्रीमती व्यवस्थापक भएर ९४ करोड २३ लाख रकम हिनामिना, गोकर्णबाट पक्राउ

काठमाडौँ, असार २ । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुन् तेजविक्रम थापा । उनी २०६० सालदेखि अहिलेसम्म सो सहकारीको अध्यक्ष हुन् ।  

कृषि विकास बहुउद्देश्यीयमा व्यवस्थापक थिइन्, ४४ वर्षीया सजना राजकर्णिकार । तनहुँ घर भएका ४३ वर्षीय तेजविक्रम र सजना श्रीमान् श्रीमती हुन् ।

उनीहरूलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनीहरू त्यहाँ फ्ल्याट लिएर बसेको अवस्थामा फेला परेका हुन् । दुई महिनादेखि उनीहरू गोकर्णेश्वरमा लुकेर बसेका थिए ।  

कृषि विकास सहकारीको रकम अपचलन गरेको आरोपमा उनीहरूसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर घर भएका ५३ वर्षीय भीमसेन महर्जन, काठमाडौँ महानगरपालिका–६ चाबहिल घर भएका ४७ वर्षीय सञ्जय सापकोटा र तेजविक्रम दम्पती छन् । महर्जन र सापकोटा सहकारीको सदस्य हुन् ।

२०५८ मा मार्केटिङमा जागिर खान सहकारीमा प्रवेश गरेकी सजना र तेजविक्रम सहितको समूहले ९४ करोड २३ लाख रुपैयाँ रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर ललितपुरमा ५ सय ६६ जना बचतकर्ताले जाहेरी दिएका छन् ।

 प्रहरीका अनुसार सहकारी सञ्चालकबाट पीडित बचतकर्ता २ हजार ५३१ जना छन् । सहकारीमा २ अर्ब ८० करोड जम्मा निक्षेप देखिएको छ । २०५६ मा सहकारीको लेखा प्रमुख भएर प्रवेश गरेका तेजविक्रम थापा २०६० देखि निरन्तर कार्यकारी अध्यक्ष छन् ।

२०६० मा उनी लोकन्थलीस्थित समिट अस्पतालको अध्यक्ष बनेका थिए । २०७० देखी उनी अन्नपूर्ण किसान फिड र फर्टिलाइजेशन उद्योगको अध्यक्ष भएका थापा २०७१ मा कृषि टेलिभिजनको संस्थापक अध्यक्ष भएका थिए ।

२०७३ मा उनी गोरखा टेलिभिजनको पनि अध्यक्ष भए । यति हब्र्स, यति टेक्निक प्रालि नामका कम्पनी स्थापना गरेर थापा संस्थापक अध्यक्ष भएका थिए ।

पछिल्लो समय थापा आफूलाई राज ठकुरीको नाममा चिनाउँदै आएका थिए । उनको साथबाट राज ठकुरीको नामको गोरखा टिभीको परिचयपत्र बरामद गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

३ वटा बैंकिङ्ग कसुर मुद्दामा उनी फरार सूचीमा थिए । सदस्य सञ्जय सापकोटा २०७९ मा र भीमसेन महर्जन २०७१ मा सो सहकारीको सञ्चालक समितिमा प्रवेश गरेका हुन् ।

 

सम्बन्धित समाचार