Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ प्लस
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, असार २ । बैकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–२ घर भएर काठमाडौँको नागार्जुन बस्ने रविन्द्र लामा छन् । 

५३ वर्षीय लामालाई नागार्जुनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । 

अदालतले उनलाई ५ लाख जरिवाना, २० हजार पीडित राहत कोषमा भर्नुपर्ने र दुईदिन कैद सजाय हुने फैसला गरेको छ । उच्च अदालत पाटनबाट २०७६ माघमा सो फैसला भएपछि उनी फरार थिए ।

 

सम्बन्धित समाचार