Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

विश्व बैंक अन्तर्गतको आईडीए बैठक काठमाडौँमा सुरु, २०० देशका प्रतिनिधि नेपालमा

विश्व बैंक अन्तर्गतको आईडीए बैठक काठमाडौँमा सुरु, २०० देशका प्रतिनिधि नेपालमा

अर्थ प्लस
विश्व बैंक अन्तर्गतको आईडीए बैठक काठमाडौँमा सुरु, २०० देशका प्रतिनिधि नेपालमा

काठमाडौं, असार ४ । आजदेखि काठमाडौँमा विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को तेस्रो बैठक सुरु भएको छ । राजधानीको सोल्टी होटलमा सुरु भएको यो बैठक विश्व बैंकले नेपालमा आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो बैठक हो ।

यो बैठकमा सहभागीताका लागि विश्वभरका २०० भन्दा बढी देशका प्रतिनिधि काठमाडौंमा आउनेछन् । यही बैठकका लागि विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्ग लगायतका उच्च पदाधिकारी नेपाल आइसकेका छन् ।

आज विहानदेखि सुरु भएको बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । प्रत्येक ३ वर्षमा आयोजना हुने आईडीएको यो तेस्रो बैठक हो । यसअघि जापानमा बैठक बसेको थियो । यो बैठकले आगामी ३ वर्षसम्मका लागि विश्वभरका न्यून आय भएका मुलुकको विकास सहायतामा लिने नीति तय गर्नेछ ।

उक्त अवसर प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्वोधन गर्दै ६ वर्षदेखि नेपाल आइडाको सक्रिय सदस्य रहेको र नेपालको पनःनिर्माणमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को अर्थपूण सहयोग भएको बताए ।

साथै नेपालको भूकम्पबाट लगायत विपत्तिमा भएको भौैतिक, आर्थिक क्षेतिहरुमा पुनःनिर्माण कार्यमा आइडाको सहयोग निकै महत्वपूर्ण रहेको र आगामी दिनहरूमा पनि यसको सहयोगको निरन्तरता जारी रहने आशा गरेको बताए । उनले भने, ‘म आग्रह गर्न चाहन्छु कि विगतमा जस्तै आइडाको सहयोगको अपेक्षा गरेका छु । नीतिगत रुपमा फ्रेमवर्क गर्न बनाउने पर्छ । तर नीतिगत रुपमा रातारात परिवर्तन गर्न सक्दैनौं । हामीले अझै धेरै काम गर्न बाँकी छ । आइडा २१लाई फोकस केन्द्रीत गर्न चाहन्छु । मुख्य प्राथमिकता मानव संशाधन, दिगो वातावरण, गरिवी निवारण, उर्जामा पहँुच, विस्तार यर सञ्जालिकरण निर्माण, डिजिटलाइजेशन म पुनः निर्माणको लागि लगानी गर्न आग्रह गर्दछु । नेपाल आज पनि विविध क्षेत्रमा जोखिम मोल्दै आएका संकटास्वथाहरु कम छैन । जलवायू प्रभाव बढ्दो छ । जलवायू परिवर्तनमा नेपालको ठूलो योगदान नभएपनि त्यसको असर नेपालालाई परिरहेको छ । हामी जलवायू न्यनिकरण पक्षमा बोलिरहेको छ । त्यसको क्षेतिपूर्तिका कुरा गरिरहेको छौं । हामी जलविद्युत, कृषि, पर्यटनलगायत भौतिक संरचनामा अझै जोडदिइरहेको छौं ।’

प्रधानमन्त्री प्रचण्डले हामी आइडाको ६ दशकभन्दा लामो प्रतिवद्ध, साझेदार देश हो । जसले लाखौंको जीवनस्तर उकास्न परिवर्तनकारी उत्प्रेरित भूमिका खेल्दै आएको छ । यस क्षेत्रमा चुनौंतीहरूको सामना गर्दै, आइडाको २१ औं पुनःपूर्ति दक्षिण एशियाको विकास र पुनः प्राप्तिको बैठक भएको अवसरमा आफू अत्यन्तै खुशी छु पनि बताए ।

 

सम्बन्धित समाचार