Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने

अर्थ प्लस
हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने

काठमाडौं, असार ४ ।  हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ । बैंकले एफपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

 

सम्बन्धित समाचार