Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान,हवाईभाडा घट्ने

श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान,हवाईभाडा घट्ने

अर्थ प्लस
श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान,हवाईभाडा घट्ने

काठमाडौं, असार ६ । श्री एयरलाइन्सले बिहीबारदेखि काठमाडौं-भरतपुर परीक्षण उडान गर्ने भएको छ ।

प्राविधिकहरुसहित परीक्षण उडान गर्न लागिएको भरतपुर विमानस्थल निमित्त प्रमुख दिपक विकले जानकारी दिए । कम्पनीको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर आउँदै छ।

परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि भरतपुर आउँदै छन् । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो ।

श्रीको ८० सिट क्षमताको जहाज भरतपुर आउन लागेको हो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।भरतपुर विमानस्थल प्रमुख विकले अहिले ८० सिटको जहाजको उडान परीक्षण हुने र कति यात्रु बोक्छ भन्ने कुरा हेर्न खोजिएको बताए ।

भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटिआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्छ ।

श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान गरेमा हवाईभाडा घट्ने विश्वास लिइएको छ । बुद्ध एयरले भरतपुरबाट अर्को वर्षबाट ४२ सिटे जहाज हटाउँदैछ ।बुद्धले विमान हटाएपछि भरतपुर-काठमाडौं विमान नै नहुने हो कि भन्ने चिन्ता थियो । ठूला जहाज आउन नसकेको भन्दै भरतपुर विमानस्थलको रनवे विस्तारको प्रक्रिया अगाडि बढाइएको छ । 

 

सम्बन्धित समाचार