Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरीमा जाहेरी

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरीमा जाहेरी

अर्थ प्लस
गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरीमा जाहेरी

काठमाडौं, असार ६ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा टेकु प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् ।

उक्त जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा लामिछाने २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कको संचालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुदा स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियाको नाममा ६४ करोड गैर कानुनी रुपमा कर्जा लिने कार्यमा संलग्न रहेको उल्लेख छ ।

 

सम्बन्धित समाचार