Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

अर्थ प्लस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौँ , असार  ८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा झरेको छ । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो । 

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार युरोको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा तोकिएको थियो ।  आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ । 

हिजो पाउण्डको खरिद दर १६९ रुपैयाँ ४७ पैसा र बिक्री दर १७० रुपैयाँ २४ पैसामा कारोबार भएको थियो । त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २० पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसामा कारोबार भैरहेको छ ।  

 

सम्बन्धित समाचार