Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

श्री एयरलाइन्सले थप्यो ८० सिट क्षमताको अर्को विमान

श्री एयरलाइन्सले थप्यो ८० सिट क्षमताको अर्को विमान

अर्थ प्लस
श्री एयरलाइन्सले थप्यो ८० सिट क्षमताको अर्को विमान

काठमाडौँ , असार  ८ । निजी क्षेत्रको हवाई कम्पनी श्री एयरलाइन्सले ८० सिट क्षमताको अर्को विमान थप गरेको छ ।कम्पनीले डि हाभिलैन्ड अफ क्यानाडामा निर्मित कल साइन ९एन-एओएम को विमान थपेको हो ।

उक्त विमान अमेरिकाबाट क्यानडा-इजिप्ट-ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा अवतरण गराएको स्रोतले  बताएको छ। । उक्त विमान आरामदायी र सुरक्षित हुने पनि कम्पनीको भनाइ छ ।

सन् २०१७ देखि नेपालमा हवाई सेवा शुरु गरेको उक्त कम्पनीले हाल सीआरजे २०० र ७०० तथा क्यु ४०० गरी १० वटा विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गर्दै आएको छ।अब कम्पनीसँग सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेको छ ।

यस्तै, आठवटा रोटर विङ्स (हेलिकप्टर) छन् । यो पछि कुल १९ जहाजसहित देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी बनेको छ।कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु यथाशीघ्र पुरा गरी नयाँ विमानवाट आन्तरिक गन्तव्यहरुमा थप उडान गर्ने योजना रहेको बताएको छ। 

 

सम्बन्धित समाचार