Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने

अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने

अर्थ प्लस
अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं, असार ११ । अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौँ महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार प्रस्तुत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८१ मा महानगरले सवारी साधन कर शीर्षकमा यस्तो कर उठाउने उल्लेख गरेको हो ।

यात्रु ओसारपसार गर्ने रिक्सा बाहेकका दुई पांग्रे सवारी साधनहरु आवद्ध प्रणाली सञ्चालकबाट प्रति सवारी साधन मासिक १ सयका दरले साना सवारी साधन कर दर्ता/नविकरण गरी असुल गरिने उल्लेख छ ।

यससँगै पठाओ, इन्ड्राइभका प्रति राइडरबाट सम्बन्धित राइड सेयरिङ कम्पनीले कर तिर्नु पर्ने भएको हो ।

सम्बन्धित समाचार