Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

प्रभावित क्षेत्रका लक इन पिरियड खुला गर्नु पर्ने माग, हमाल चेन्ज गर्न चाहन्थे, तर गर्नै नपाई बिदा भए

प्रभावित क्षेत्रका लक इन पिरियड खुला गर्नु पर्ने माग, हमाल चेन्ज गर्न चाहन्थे, तर गर्नै नपाई बिदा भए

प्रभावित क्षेत्रका लक इन पिरियड खुला गर्नु पर्ने माग, हमाल चेन्ज गर्न चाहन्थे, तर गर्नै नपाई बिदा भए

काठमाडौं, माघ ५ । बुक बिल्डिङ प्रक्रिया मार्फत नेपाल मै पहिलो पटक शेयर निष्काशन गरिरहेको सर्वोत्तम सिमेन्टको शेयर अहिले खुला छ। 

योग्य संस्थागत लगानीकर्तालाई शेयर वितरण पछि कम्पनीले अहिले वैदेशिक रोजगारमा रहेका श्रमिक र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि शेयर खुला गरेको छ।

श्रमिकलाई शेयर निष्काशन गरेकै आधा दिनमा सबै शेयर बिक्री भयो। बिहीबार बिहान केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५.८९ गुणा आवेदन परिसकेको छ। कम्पनीले दुई लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको हो। जसमा श्रमिकले १५ लाख ७४ हजार ७२० कित्ता शेयरको माग गरिसकेका छन्। कम्पनीको शेयरमा आवेदन दिने समय माघ १० सम्म छ।

श्रमिकले पाँच गुणा भन्दा बढी शेयर माग गर्दै गर्दा उता उद्योग प्रभावितले भने निक्कै न्यून आवेदन दिएका छन्। प्रारम्भिक चरणमा कम्पनीको १० प्रतिशत शेयर समेत बिक्री नभएको बिक्री प्रबन्धकका एक अधिकारीले जानकारी दिएका छन्। प्रभावित क्षेत्रका मानिसले शेयर खरिद नगरे पनि कुनै अप्ठ्यारो नहुने ती अधिकारीको भनाइ छ। किनकि उक्त शेयर बिक्री नभए सर्वसाधारणमा मिसाएर पुन: बिक्री गरिने छ। 

प्रभावित क्षेत्रका स्थानीयले शेयर नकिनेको सर्वोत्तम सिमेन्ट पहिलो होइन। यस अघि निष्कासन भएका शिवम् सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर मिनरल्सको पनि प्रभावित क्षेत्रको सबै शेयर बिक्री भएको थिएन। अझै जलविद्युत कम्पनीका सबै जसो निष्काशनमा प्रभावितले सबै शेयर किन्ने गरेका छैनन्। ती सबै शेयर सर्वसाधारणमा मिसिएर आउने गरेका छन्। जबकि प्रभावित क्षेत्रमा स्थानीयले आफ्नो क्षेत्रका कम्पनीको निष्काशनबाट लाभ पाउन भन्ने उद्देश्यले उनीहरूलाई साधारण शेयरको १० प्रतिशत शेयर आरक्षित गर्ने गरिएको छ। तर जुन उद्देश्यले आरक्षित गरिएको हो त्यस अनुसार भने स्थानीयले लाभ पाउन सकेका छैनन्। उनीहरूले शेयर किन्न नै चासो दिने गरेका छैनन्।

दोस्रो बजारमा आउने उतार चढाव र तीन वर्षसम्म शेयर लक हुने अर्थात् बिक्री गर्न नपाइने भएकोले पनि प्रभावित क्षेत्रका स्थानीयले शेयरमा चासो नदिने गरेको सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए।

“तीन वर्षको लक इन पिरियड प्रभावित क्षेत्रका स्थानीयलाई राखेको छ। त्यो चाहिँ एकदम गलत हो। आज एउटा गाउँको मान्छेले ५० कित्ता शेयरमा आवेदन दिँदा १८ हजार भन्दा बढी पैसा खोजेर हाल्छ। तर उसले त्यो लगानी फिर्ता पाउन तीन वर्ष कुर्नु पर्छ। म त लगानीकर्ता र संस्थापक हुँ। मैले त कुर्छु। उसलाई कम्पनी कसले चलाउँछ भन्ने कुनै जानकारी हुँदैन। त्यसकारण उनीहरूले शेयरमा चासो नदिने गरेका हुन्,” न्यौपानेले भने।

कर्मचारी र प्रमोटर बाहेक स्थानीय लगानीकर्तालाई यो लक इन पिरियड राख्न नै हुँदैन भन्ने मान्यता न्यौपानेको छ।

न्यौपाने भन्छन्, “उ पनि साना लगानीकर्ता मै पर्छ। मेरो मात्रै कम्पनीको आईपीओमा राख्नु हुँदैन भनेको होइन। कुनैमा पनि राख्नु हुँदैन। यो विषयमा हामीले धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेश हमालसँग संस्थागत डेलिगेसनको रुपमा गएर नै भनेका थियौ। त्यसमा उहाँ निक्कै सकारात्मक हुनुहुन्थ्यो। “यो कुरा तपाईँहरूले एकदम सही गर्नुभयो। अब यसलाई चेन्ज गर्नुपर्छ। यसलाई म अघि बढाउँछु,” भन्नु भएको थियो। तर उहाँले भनेको कुरा पुरा नहुँदै बिदा भएर जानु भयो। सायद उहाँ भएको भए यो विषय परिवर्तन हुन्थ्यो। तै पनि चाडै यो विषय अघि बढ्छ होला भन्ने हामीले ठानेका छौ”। 

सम्बन्धित समाचार