काठमाडौं, माघ ५ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.८०१३ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।
