Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कुन-कुन साइटबाट हेर्ने सकिन्छ एसईईको नतिजा ?

कुन-कुन साइटबाट हेर्ने सकिन्छ एसईईको नतिजा ?

अर्थ प्लस
कुन-कुन साइटबाट हेर्ने सकिन्छ एसईईको नतिजा ?

काठमाडौं, असार १३ । एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले बिहीबार एसईईको नतिजा सार्वजनिक गरेको हो ।

नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न नपाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२।१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

यी साइटबाट हेर्ने सकिन्छ

कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा।लि।मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् ।

नेपाल टेलिकम: https://see.ntc.net.np/

राष्ट्रिय परीक्षा बोर्ड: www.neb.gov.np

सम्बन्धित समाचार