Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

ढल्नबाट जोगियो प्रचण्ड सरकार, पाँचबुँदे निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सहमति

ढल्नबाट जोगियो प्रचण्ड सरकार, पाँचबुँदे निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सहमति

अर्थ प्लस
ढल्नबाट जोगियो प्रचण्ड सरकार, पाँचबुँदे निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सहमति

काठमाडौं, असार १७ । पछिल्लो ४८ घण्टादेखि चलिरहेको राजनीतिक तरङ्गलाई अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्ड र सत्ता गठबन्धन नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचबुँदे निष्कर्षमा सहमति जनाएका छन् । यद्यपि दुई नेताका बीचमा कुनै हस्ताक्षर भने भएको छैन ।

आज विहानदेखि बालुवाटारमा बसेको चार घण्टा लामो छलफलपछि सत्ता गठबन्धनलाई कायमै राख्ने बिषयमा दुई नेताका बीचमा सहमति भएको हो । सरकार ढल्छ र कांग्रेस एमालेका बीचमा नयाँ सहमति बनिसक्यो भनेर चर्चा र हल्ला भइरहेको बेला दुई नेताका बीचमा गठबन्धनलाई थप बलियो र प्रभावकारी बनाउने सहमति भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले अर्थ प्लसलाई जानकारी दिए ।

आजको छलफलपछि दुई नेताबीचमा भएको सहमती अनुसार सत्ता गठबन्धनलाई थप मजबुत पार्ने, भ्रष्टाचार विरुद्धको कारवाहीलाई थप शसक्त बनाउने, सरकारका काम कारवाहीलाई प्रभावकारी र पारदर्शी बनाउने, राष्ट्रिय मुद्दाहरुमा प्रमुख प्रतिपक्ष दलसहित फराकिलो दायरा बनाएर छलफल गर्ने निष्कर्षमा दुवै नेताले सहमति जनाएका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा पनि दुवै नेता सहमत भएका छन् । -फाइल तस्विर

सम्बन्धित समाचार