Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अर्थमन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकाशा

अर्थमन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकाशा

अर्थ प्लस
अर्थमन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकाशा

काठमाडौं, असार १७ । अर्थमन्त्रालयले दीर्घ रोगीहरुका लागि औषधि उपचार खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकाशा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकाशा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् ।

उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले माशिक ५ हजार पाउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए ।

चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट उक्त रकम निकाशा गरिएको मन्त्रालयले जनाएको छ । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुनेछ ।

सम्बन्धित समाचार