Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

विभिन्न नक्कली कम्पनी खडा गरी ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी : सीआईबी

विभिन्न नक्कली कम्पनी खडा गरी ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी : सीआईबी

अर्थ प्लस
विभिन्न नक्कली कम्पनी खडा गरी ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी : सीआईबी

काठमाडौं, असार १७ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५ वटा डमी कम्पनीमार्फत करिब ३२ सय केजी सुन तस्करी भएको दाबी गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न इलेकट्रोनिक मालवस्तु तथा ब्रेक शुमा गरेर ३ हजार १९४.६६८ केजी अवैध सुन चोरी भएको देखिएको छ। 

विज्ञ टोलीको प्रतिवेदनबाट सो तथ्य खुलेको सीआईबीले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ।  यसरी फेला परेको सुनको कूल मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ हुन आउने ब्यूरोले जनाएको छ। 

ब्रेक शुका साथै साथै पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन लगायत सामानभित्र लुकाई छिपाई ल्याएको अवैध सुनको भुक्तानी प्रक्रिया र संलग्नहरूको पहिचान गरी कानूनी दायरामा ल्याउने सीआईबीले जनाएको छ। 

०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम बरामद भएपश्चात् राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हर्कराज राई समेत अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधतर्फ अनुसन्धान सुरु गरिएको पनि सीआईबीले जनाएको छ।

taskari-compeny1.jpg

सम्बन्धित समाचार