Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सरकार बदलिने हल्ला मिडिया ट्रायलका रुपमा आयो : सञ्चारमन्त्री

सरकार बदलिने हल्ला मिडिया ट्रायलका रुपमा आयो : सञ्चारमन्त्री

अर्थ प्लस
सरकार बदलिने हल्ला मिडिया ट्रायलका रुपमा आयो : सञ्चारमन्त्री

काठमाडौँ, असार १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन् ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सकारात्मक छलफल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय चल्ने उल्लेख गरे ।

‘बाहिर असमझदारी भए, बढे भन्ने जुन खालका चर्चा छन्, ति सबै कुरा असत्य हुन् । त्यस्तो छैन । सकारात्मक छ छलफल । यो गठबन्धन लामै समय जाने भनेर प्रधानमन्त्रीज्युले भन्नुभएको छ । हामीलाई पनि त्यस्तो मिडियामा आएको स्थिति होइन भन्ने कुरा ब्रिफिङ गर्नुभयो । यो गठबन्धन र सरकार यसरी नजाओस् भन्नेकुरा पनि कसैले सोचेको होला । यसलाई मिडिया ट्रायलका रुपमा ल्याइएको हो’ उनले भनिन् ।

 

सम्बन्धित समाचार