Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

यस्ता छन् ओली र देउवाबीच मध्यरातमा भएको समझदारी (बुदाँसहित )

यस्ता छन् ओली र देउवाबीच मध्यरातमा भएको समझदारी (बुदाँसहित )

अर्थ प्लस
यस्ता छन् ओली र देउवाबीच मध्यरातमा भएको समझदारी (बुदाँसहित )

काठमाडौँ, असार १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एमाले नेतृत्त्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति भएको छ । 

वर्तमान गठबन्धनसँग बिच्किएका नेकपा एमालेका अध्यक्ष  ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच एमाले नेतृत्त्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति भएको हो । 

यस्ता छन् समझदारी

१. शासकीय स्वरुप परिवर्तन (प्रत्यक्ष निर्वाचित कार्यकारी वा प्रत्यक्ष निर्वाचित संसदबाटमात्र सरकार गठन)
२. निर्वाचन प्रणाली परिवर्तन
३. दल दर्ता सम्बन्धि नयाँ ऐन
४. दुई तहको संघीयता
५. स्थानीय तहको संख्या ७५३ बाट घटाएर २५०-३०० बनाउने
६. केन्द्रिय धेरै आयोगहरु खारेज गरि ती आयोगहरुको कार्यक्षेत्रलाई मानव अधिकार आयोगको विभाग बनाएर गर्ने ब्यबस्था मिलाउने ।
७. राष्ट्रिय सभा : समानुपातिक समावेशी
८. राष्ट्रियसभा अध्यक्ष : उपराष्ट्रपति
९. संघीय मन्त्रीमण्डल १५ सदस्यीय
१०. जिल्ला सदरमुकामले गर्ने सम्पुर्ण प्रशासनिक काम पालिका स्तरमा गर्ने ब्यबस्था गर्ने
१२. काठमाडौ उपत्यकाका तीन वटै जिल्लालाई एउटै महानगर बनाई सन्चालन गर्ने ।
१३. सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, धादिङ र नुवाकोटलाई सुरुङ्ग मार्गबाट जोडेर नयाँ स्याटलाईट शहर विकास गर्ने ।
१४. सार्वजनिक पदमा बस्ने सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन
१५. पिडितले न्याय पाउने प्रत्याभूति सहित न्यायालय सुधार ।

सम्बन्धित समाचार