काठमाडौँ, असार १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत व्यंग्य हानेका छन् ।
सोमबार मध्यरातिको सत्ता समीकरणको सहमतिसँगै देशमा राजनीतिक उथलपुथल मच्चिएको छ । कांग्रेस–एमालेले सातबुँदे सहमति गरेसँगै प्रचण्ड सरकारको बहिर्गमन देखिएको छ ।
यही अवस्थालाई कटाक्ष गर्दै काठमाडौं महानगरपालिकाका मेयर शाह र धरान उपमहानगरपालिकाका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत व्यंग्य हानेका हुन् ।
दुवै जनाले एउटा समान तस्बिर पोस्ट गरेका छन् । तस्बिरमा केपी ओली र शेरबहादुर देउवा हाँस्दै चियाको कप समाइरहेका छन् ।
‘यो समय गिरिबन्धु चियाको हो,’ मेयर शाहले तस्बिरमा क्याप्सन लेखेका छन्, ‘काले काले मिलेर खाऊँ भाले ।’
त्यस्तै मेयर साम्पाङले पनि दुई तिहाइको नयाँ गठबन्धनमा पनि देश बनाउने कुनै दूरदृष्टि नभएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘दुई तिहाइ यो गठबन्धनको पनि देश बनाउने कुनै दूर दृष्टि छैन । मात्रै दुईटा दृष्टि हो– शरणार्थी र गिरिबन्धु ।

