Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कांग्रेस–एमाले सत्ता गठनको तयारीमा, राजीनामा नदिने मुडमा प्रधानमन्त्री प्रचण्ड

कांग्रेस–एमाले सत्ता गठनको तयारीमा, राजीनामा नदिने मुडमा प्रधानमन्त्री प्रचण्ड

अर्थ प्लस
कांग्रेस–एमाले सत्ता गठनको तयारीमा, राजीनामा नदिने मुडमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, असार १८ । नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ता गठनको गृहकार्य सुरु भएको छ । 

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार सत्ता गठनको तयारी सुरु भएको हो । 

कांग्रेस–एमालेबीच सत्ता सहकार्य अगाडि बढिसकेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक परामर्शमा जुटेका छन् । 

प्रधानमन्त्रीले आगामी रणनीतिबारे थप छलफल गर्न आजै आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बोलाएका छन् । यसका साथै उनले सत्तारूढ गठबन्धन दलहरूसँग पनि थप परामर्श गर्दैछन् । 

त्यसपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिने वा नदिने विषयबारे पनि छलफल गर्ने बताइएको छ । यद्यपि स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले तत्काल प्रधानमन्त्री पदबाट रानीनामा नदिने भएका छन् । 

उनी स्वयं राजीनामा दिने मुडमा नभएको स्रोत बताउँछ । यस्तो अवस्थामा एमालेले समर्थन फिर्ता लिनसक्छ र प्रधानमन्त्रीले ३० दिनभित्रै संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

सम्बन्धित समाचार