Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

अर्थ प्लस
सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

काठमाडौँ, असार २४ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसारम आइतबारको तुलनामा आज सुनको भाउ घटेर कारोबार हुने भएको हो ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ४५ हजार रुपैयाँ मात्रै कायम भएको हो । यता, तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ । यसअघि १ लाख ४४ हजार ७ सय रुपैयाँ पुगेको थियो । 

यता, चाँदीको भाउ भने स्थिर रहेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार गर्न सकिनेछ । 

सम्बन्धित समाचार