Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

काठमाडौंका यी ठाउँमा सात दिनसम्म यो समयमा विद्युत अवरुद्ध हुने (तालिकासहित)

काठमाडौंका यी ठाउँमा सात दिनसम्म यो समयमा विद्युत अवरुद्ध हुने (तालिकासहित)

काठमाडौंका यी ठाउँमा सात दिनसम्म यो समयमा विद्युत अवरुद्ध हुने (तालिकासहित)

काठमाडौं, ६ माघ । काठमाडौंमा आइतबारदेखि विभिन्न स्थानमा सात दिनसम्म विद्युत सेवा आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

माघ ७ गते महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन ।

११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुनेछ ।

सम्बन्धित समाचार