Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, कुन देशको मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, कुन देशको मुद्रालाई कति ?

अर्थ प्लस
अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, कुन देशको मुद्रालाई कति ?

काठमाडौँ, असार २५ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको भाउ बढेको छ भने युरो, अष्ट्रेलियन डलरदेखि क्योडियन डलरसम्मको भाउ घटेको छ । 

सोमबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ २८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८८ पैसा तोकिएकोमा आज बढेर एकको खरिद मूल्य १३३ रुपैयाँ ३० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ९० पैसा पुगेको हो ।

आज युरो भने एकको खरिदमा १४४ रुपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रुपैयाँ कायम भएको छ । यसअघि युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा निर्धारण गरिएको थियो । 

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ९६ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ३७ पैसा तोकिएकोमा आज सामान्य घटेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ९० रुपैयाँ २६ पैसा तोकिएको छ ।

क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९९ रुपैयाँ २७ पैसा रहेकोमा आज घटेर खरिद दर ९७ रुपैयाँ ७१ पैसा र बिक्री दर ९८ रुपैयाँ १५ पैसा कायम भएको छ । 

त्यस्तै, आज जापानिज येन १० को खरिद दर ८ रुपैयाँ २८ पैसा र बिक्री दर ८ रुपैयाँ ३२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

विस्तृत तालिकामा हेर्नुस्

Binimaya.JPG

सम्बन्धित समाचार