Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

क्युआरबाट अब भारतसहित थाइल्याण्डलगायतका देशमा पनि भुक्तानी गर्न सकिने

क्युआरबाट अब भारतसहित थाइल्याण्डलगायतका देशमा पनि भुक्तानी गर्न सकिने

अर्थ प्लस
क्युआरबाट अब भारतसहित थाइल्याण्डलगायतका देशमा पनि भुक्तानी गर्न सकिने

काठमाडौँ, असार २५ । अब क्युआरबाट भारतसहित थाइल्याण्डलगायतका देशमा पनि भुक्तानी गर्न सकिने भएको छ। यसको लागि राष्ट्र बैंकले नियम बनाएर अनुमति दिइसकेको गभर्नर महाप्रसाद अधिकारीले बताए।

नेपालीले भारतमा क्युआरबाट भुक्तानी गर्न सक्ने गरी भुक्तानी प्रदायकहरूलाई काम गर्न भनिसकेका छौं, गभर्नर अधिकारीले भने, ‘‘उहाँहरूले प्रणाली इन्टिग्रेसन गरिरहनु भएको छ।यसबाहेक अन्य मुलुकमा पनि भुक्तानी गर्न सक्ने भएका छन्।’’

गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा सुझाव दिने उद्देश्यले आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। 

उनले अलि पे, लंका पे मार्फत पनि कारोबार गर्न सकिने गरेर स्वीकृति दिइएको उनले बताए।  

अलि पे मार्फत चीन, सिंगापुर, थाइल्याण्डमा र अन्य देशहरुमा लंका पे मार्फत् भुक्तानी गर्न सकिने जनाइएको छ । 

 

सम्बन्धित समाचार