Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड गर्ने दुई जना प्रकाउ

बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड गर्ने दुई जना प्रकाउ

अर्थ प्लस
बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड गर्ने दुई जना प्रकाउ

काठमाडौँ, असार २७ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड भएको छ । एटीएम मेसिने तोडफोड गरेर भाग्न लाग्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । दुई जनालाई लप्रहरीले वृत्त महाराजगञ्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ घर भई बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले, र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् ।
उनीहरुले २६ असारमा बिहानीपख सवा ३ बजे एटीएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ । एटीएम मेसिन तोडफोड गर्न प्रयोग भएको रड पनि प्रहरीले बरामद गरेको छ ।

सम्बन्धित समाचार