Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

यसरी घटिरहेको छ कुमारी बैंकको नाफा

यसरी घटिरहेको छ कुमारी बैंकको नाफा

यसरी घटिरहेको छ कुमारी बैंकको नाफा

काठमाडौ, ७ माघ । कुमारी बैंकको खुद ब्याज आम्दानी बढेको भएपनि नाफा भने घटेको छ ।

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा १४.३१ प्रतिशतले कम हो । 

बैंकको खुद ब्याज आम्दानी भने ३५.१ प्रतिशतले बढेर ५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज पनि बढ्दा यस बैंकको खुद नाफा घटेको हो । यसको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । 

गत वर्ष यस बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसंगरी, बैंकको सञ्चालन नाफा  ५.०८ प्रतिशतले घटेको छ । बैंकको निष्कृय कर्जा दर ३.१५ प्रतिशत विन्दुबाट ४.९७ प्रतिशतमा पुगेको छ । हाल यसको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषमा १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कुमारीको प्रतिसेयर आम्दानी १.११ रुपैयाँले घटेर ६.६१ रुपैयाँमा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १३६.८२ रुपैयाँ छ ।
 

सम्बन्धित समाचार