Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

अर्थ प्लस
एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौँ, साउन १ । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेकोे छ।

कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्डमा हालैमात्र अनुमति माग्दै निवेदन दिएको हो।कम्पनीले धितोपत्र बोर्डको अनुमति पछि ‘एभरेष्ट बैंक लिमिटेड डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गर्नेछ ।

उक्त ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ छ । कम्पनीले  कुल ३० लाख इकाइै बिक्री गर्नेछ।जसमा १८ लाख इकाई व्यक्तिगत तवरबाट र बाँकी १२ लाख इकाई सार्वजनिक निष्कासन मार्फत् गर्नेछ ।

१० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।

सम्बन्धित समाचार