Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

धितोपत्र बोर्ड अध्यक्षको हैसियतमा महेश बरालले काम गर्ने

धितोपत्र बोर्ड अध्यक्षको हैसियतमा महेश बरालले काम गर्ने

अर्थ प्लस
धितोपत्र बोर्ड अध्यक्षको हैसियतमा महेश बरालले काम गर्ने

काठमाडौँ, साउन ३ । नेपाल धितोपत्र बोर्डमा अध्यक्षको हैसियतमा काम गर्ने जिम्मा महेश बरालले पाएका छन्। 

अर्थमन्त्री बिष्णुप्रसाद पौडेल बिहीबार बराललाई अध्यक्षको हैसियतमा काम गर्ने जिम्मेवारी दिएका हुन्। बरालले बिहिवार नै पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका छन्। मन्त्रीस्तरीय निर्णयानुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्यमा मनोनयन भएका थिए। 

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था बमोजिम बराल अध्यक्ष तोकिएका हुन्।

 

सम्बन्धित समाचार