काठमाडौँ, साउन ४ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
