Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलरको भाउ घट्दा सस्तियो युरो, विनिमय दर

अमेरिकी डलरको भाउ घट्दा सस्तियो युरो, विनिमय दर

अर्थ प्लस
अमेरिकी डलरको भाउ घट्दा सस्तियो युरो, विनिमय दर

काठमाडौँ, साउन ५ । आज शनिबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ भने युरो, अष्ट्रेलियन डलरलगायत केही मुद्रा कमजोर बनेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ५५ पैसा र बिक्रीमा १३४ रुपैयाँ १५ पैसा तोकिएकोमा आज बढेर खरिदमा १३३ रुपैयाँ ५७ पैसा र बिक्रीमा १३४ रुपैयाँ १७ पैसा पुगेको छ । 

यसैगरी युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेकोमा आज घटेर खरिदमा १४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रुपैयाँ १२ पैसा पर्नेछ।

यसैगरी, अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ । यसअघि एकको खरिद मूल्य ८९ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ३० पैसा रहेको अष्ट्रेलियन डलरको भाउ आज घटेर खरिदमा ८९ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८९ रुपैयाँ ८४ पैसा पर्नेछ ।

 त्यस्तै, क्यानेडिन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७९ पैसा र कुवेती दिनार एकको खरिद मूल्य ४३६ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य ४३८ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

binimaya.JPG

 

सम्बन्धित समाचार