Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

भारतीय बजेट सार्वजनिक : नेपाललाई ७ अर्ब भारु अनुदान

भारतीय बजेट सार्वजनिक : नेपाललाई ७ अर्ब भारु अनुदान

अर्थ प्लस
भारतीय बजेट सार्वजनिक : नेपाललाई ७ अर्ब भारु अनुदान

काठमाडौँ, साउन ८ । भारत सरकारले मंगलबार वित्त वर्ष २०२४/ ०२५ को युनियन बजेट सार्वजनिक गरेको छ । 

वित्त मन्त्री निर्मला सितारमणले मंगलबार बिहान ११ बजे वित्त वर्षको युनियन बजेट प्रस्तुत गरेकी हुन् । यससँगै उनी भारतमा सबैभन्दा धेरैपटक बजेट पेश गर्ने वित्तमन्त्री बनेकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेटमा नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने घोषणा गरिएको छ ।यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात् ७ अर्ब भारु  अर्थात् नेरु ११ अर्ब २० करोड छ ।

वित्त वर्ष २०२३/२४ मा शुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो । वित्त वर्ष २०२२/२३ मा भने भारतले नेपाललाई ४ अर्ब ३४ करोड भारु अनुदान दिएको हो ।

भारतले युनियन बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिंदै आएको छ । भुटानले वित्त वर्ष २०२४/२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण  गरी २० अर्ब ६८ करोड भारु पाउने छ ।

भारतले आगामी बजेटमार्फत् मालदिभ्सलाई ४००करोड, म्यानमारलाई २५० करोड, श्रीलंकालाई २४५ करोड, अफगानिस्तानलाई २०० करोड, बंगलादेशलाई १२० करोड, अफ्रिकी मुलुकहरूलाई २०० करोड र मंगलोलियालाई ५ करोड भारु अनुदान उपलब्ध गराउने छ ।

भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ । एजेन्सी

सम्बन्धित समाचार