Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

फर्सी प्रतिकेजी २५ रुपैयाँले महँगिदा कन्य च्याउ र भुई कटहर ३० रुपैयाँले बढ्यो, अन्यलाई कति ? (विवरणसहित)

फर्सी प्रतिकेजी २५ रुपैयाँले महँगिदा कन्य च्याउ र भुई कटहर ३० रुपैयाँले बढ्यो, अन्यलाई कति ? (विवरणसहित)

अर्थ प्लस
फर्सी प्रतिकेजी २५ रुपैयाँले महँगिदा कन्य च्याउ र भुई कटहर ३० रुपैयाँले बढ्यो, अन्यलाई कति ? (विवरणसहित)

काठमाडौँ, साउन ९ । काठमाडौँमा हरियो तरकारीको मूल्य बढ्ने क्रम अझै जारी छ । आज पनि हरियो फर्सी, गाजर, बन्दा, काउलीलगायतका तरकारीको भाउ बढेको छ । त्यस्तै, केही फलफूलको मूल्य पनि बृद्धि भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको मूल्यसूचीमा उल्लेख छ । 

यसअघि प्रतिकेजी ८५ रुपैयाँ पर्ने हरियो डल्लो फर्सीको भाउ बढेर आज ११० रुपैयाँ पुगेको छ भने कन्य च्याउको भाउसमेत प्रतिकेजी ३० रुपैयाँले बढेर २१० रुपैयाँ पुगेको छ । 

यसैगरी, फलफूलमा आज भुई कटहर, आँपलगायतको भाउ बढेको छ । यसअघि प्रतिकेजी १४० रुपैयाँ पर्ने भुई कटहरलाई आज १७० रुपैयाँ पर्नेछ भने मालदह र दसहरी आँपलाई ११३ रुपैयाँ ३३ पैसा पर्नेछ । 

त्यस्तै, न्यूरो प्रतिकेजी ९५ रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ भने टनेल गोलभेडा ३५ रुपैयाँ र लोकल सानो गोलभेडा २५ रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउलीको भाउ आज बढेर १३६ रुपैयाँ, ज्यापु काउलीको १३३ रुपैयाँ १३ पैसा, गाजर ९४ रुपैयाँ र लोकल बन्दा ४७ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ । 

चुकुन्दरको भाउ समेत आज प्रतिकेजी करिब १२ रुपैयाँले बढेको छ । यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको चुकुन्दरलाई आज ७६ रुपैयाँ ६७ पैसा र भटमासकोशालाई १७४ रुपैयाँ पर्नेछ । 

यता स्कूसको भाउ समेत बढेर प्रतिकेजी ८५ रुपैयाँ पुगेको छ भने टाटे सिमी प्रतिकेजी १० रुपैयाँले बढेर १२५ रुपैयाँ, करेला ६८ रुपैयाँ, लौका ४६ रुपैयाँ र परवर ७६ रुपैयाँ ६७ पैसा प्ुगेको छ । यी तरकारीको भाउसमेत मंगलबारको तुलनामा सामान्य बढेको हो ।

विस्तृत तालिकामा हेर्नुस् 

 

 

 

कृषि उप

ईकाइ औसत

गोलभेडा ठूलो(नेपाली)

के.जी.

रू ७०.००

गोलभेडा सानो(लोकल)

के.जी.

रू २५.००

गोलभेडा सानो(टनेल)

के जी

रू ३५.००

आलु रातो

के.जी.

रू ६९.६०

आलु रातो(भारतीय)

के जी

रू ५७.३३

आलु रातो(मुडे)

केजी

रू ५०.४०

आलु सेतो

के.जी.

रू ५४.००

प्याज सुकेको (भारतीय)

के.जी.

रू ८६.००

गाजर(लोकल)

के.जी.

रू ९४.००

बन्दा(लोकल)

के.जी.

रू ४७.००

काउली स्थानिय

के.जी.

रू ८५.००

स्थानीय काउली(ज्यापु)

केजी

रू ११३.३३

मूला सेतो(लोकल)

के.जी.

रू २५.००

सेतो मूला(हाइब्रीड)

केजी

रू ३०.००

भन्टा लाम्चो

के.जी.

रू ७५.००

भन्टा डल्लो

के.जी.

रू ८३.३३

बोडी(तने)

के.जी.

रू ११०.००

मकै बोडी

केजी

रू १३५.००

घिउ सिमी(लोकल)

के.जी.

रू ११०.००

घिउ सिमी(हाइब्रीड)

केजी

रू ९६.६७

घिउ सिमी(राजमा)

केजी

रू १३५.००

टाटे सिमी

के.जी.

रू १२५.००

भटमासकोशा

के.जी.

रू १७४.००

तितो करेला

के.जी.

रू ६८.००

लौका

के.जी.

रू ४६.००

परवर(लोकल)

के.जी.

रू ७६.६७

परवर(तराई)

केजी

रू ७६.६७

चिचिण्डो

के.जी.

रू ५५.००

घिरौला

के.जी.

रू ९०.००

झिगूनी

के.जी.

रू ७६.६७

फर्सी पाकेको

के.जी.

रू ६८.३३

हरियो फर्सी(डल्लो)

केजी

रू ११०.००

भिण्डी

के.जी.

रू ६५.००

पिंडालू

के.जी.

रू ९६.६७

स्कूस

के.जी.

रू ८५.००

रायो साग

के.जी.

रू ११३.३३

तोरीको साग

के.जी.

रू ६५.००

प्याज हरियो

के.जी.

रू १८३.३३

च्याउ(कन्य)

के.जी.

रू २१०.००

च्याउ(डल्ले)

के जी

रू ३६०.००

कुरीलो

के.जी.

रू ३००.००

न्यूरो

के.जी.

रू ११०.००

ब्रोकाउली

के.जी.

रू १३६.६७

चुकुन्दर

के.जी.

रू ७६.६७

रातो बन्दा

के.जी.

रू ६६.६७

जिरीको साग

के.जी.

रू ४५०.००

सेलरी

के.जी.

रू २७५.००

पार्सले

के.जी.

रू ६५०.००

सौफको साग

के.जी.

रू २७५.००

पुदीना

के.जी.

रू ६५०.००

गान्टे मूला

के.जी.

रू ८५.००

इमली

के.जी.

रू १५६.६७

तामा

के.जी.

रू ११०.००

तोफु

के.जी.

रू १५६.६७

गुन्दुक

के.जी.

रू २८३.३३

स्याउ(फूजी)

के जी

रू ३१०.००

केरा

दर्जन

रू १४६.६७

कागती

के.जी.

रू २४४.००

अनार

के.जी.

रू ३७५.००

आँप(मालदह)

के.जी.

रू ११३.३३

आँप(दसहरी)

केजी

रू ११३.३३

तरबुजा(हरियो)

के.जी.

रू ७८.३३

मौसम

के.जी.

रू १९०.००

जुनार

के.जी.

रू २५०.००

भुई कटहर

प्रति गोटा

रू १७०.००

काक्रो(लोकल)

के.जी.

रू ६८.००

काक्रो(हाइब्रीड)

के जी

रू ३५.००

रुख कटहर

के.जी.

रू ४६.६७

नासपाती(लोकल)

के.जी.

रू ९६.६७

नासपाती(चाइनिज)

केजी

रू २४५.००

किवि

केजी

रू ४७५.००

आभोकाडो

के.जी

रू ५७५.००

अदुवा

के.जी.

रू २३०.००

खु्र्सानी सुकेको

के.जी.

रू ४६३.३३

खु्र्सानी हरियो

के.जी.

रू ११०.००

खुर्सानी हरियो(बुलेट)

के जी

रू ११०.००

खुर्सानी हरियो(माछे)

के जी

रू ८६.६७

खुर्सानी हरियो(अकबरे)

के जी

रू ३००.००

भेडे खु्र्सानी

के.जी.

रू ११२.००

लसुन हरियो

के.जी.

रू १८३.३३

हरियो धनिया

के.जी.

रू ४००.००

लसुन सुकेको चाइनिज

के.जी.

रू २४६.००

लसुन सुकेको नेपाली

के.जी.

रू २३३.३३

छ्यापी सुकेको

के.जी.

रू १७०.००

छ्यापी हरियो

के.जी.

रू २२५.००

ताजा माछा(रहु)

के जी

रू ३४५.००

ताजा माछा(बचुवा)

के जी

रू २५५.००

ताजा माछा(छडी)

के जी

रू २४५.००

राजा च्याउ

के.जी.

रू २९०.००

सम्बन्धित समाचार