Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलरको भाउ बढ्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, विनिमय दर

अमेरिकी डलरको भाउ बढ्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, विनिमय दर

अर्थ प्लस
अमेरिकी डलरको भाउ बढ्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, विनिमय दर

काठमाडौँ, साउन ९ । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलरको भाउ बढ्दा अन्य केही मुद्राको भाउ भने घटेको छ । यसअघि एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ १६ पैसा तोकिएकोमा आज बढेर एकको खरिद मूल्य १३३ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २१ पैसा पुगेको छ ।

यसैगरी, युरोपियन युरोको भाउ भने घटेको छ । आज युरो एकको खरिदमा १४५ रुपैयाँ १९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । यसअघि युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको थियो ।

अष्ट्रेलियन डर एकको खरिदमा ८८ रुपैयाँ ९६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३६ पैसा रहेकोमा आज घटेर एकको खरिद मूल्य ८८ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । 

त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा र चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ३७ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ८० पैसा तोकिएको छ ।

युएइ दिरहम एकको खरिदमा ३६ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४ पैसा, मलेसियन रिंगिट एकको खरिद मूल्य २८ रुपैयाँ ६० पैसा र बिक्री मूल्य २८ रुपैयाँ ७३ पैसा रहेको छ । 

यसैगरी, साउथ कोरियन वन एकको खरिद मूल्य ९ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६८ पैसा र कुवेती दिनार एकको खरिदमा ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीमा ४३९ रुपैयाँ तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

binimaya.JPG

सम्बन्धित समाचार