Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

लाइसेन्स छपाइको जिम्मा प्रदेशहरूलाई दिने सरकारको तयारी

लाइसेन्स छपाइको जिम्मा प्रदेशहरूलाई दिने सरकारको तयारी

लाइसेन्स छपाइको जिम्मा प्रदेशहरूलाई दिने सरकारको तयारी

काठमाडौ, ७ माघ ।  संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको जिम्मा प्रदेशहरूलाई दिने तयारी गरेको छ ।
आइतबार सिंहदरबारमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक यातायात क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयहरूबिचको उच्चस्तरीय समन्वय बैठक राख्दै मन्त्री प्रकाश ज्वालाले लाइसेन्स वितरणको सन्दर्भमा सम्बन्धित प्रदेशहरूलाई नै सुम्पिने तयारी गरिरहेको बताए । 

 

हाल लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षासहित सवारी दर्ता तथा नवीकरणको अधिकार प्रदेशस्तरिय यातायात कार्यालयहरूलाई दिएपनि लाइसेन्स छपाई संघीय यातायात व्यवस्था विभागले गर्दै आएको छ । 

सातै प्रदेशबाट लाइसेन्स छपाइको चाप केन्द्रमा पर्ने र समयमा नै स्मार्ट कार्ड र छपाई मेसिन उपलब्ध नहुँदा लाइसेन्स छपाइमा समस्या परिरहेको मन्त्री ज्वालाले स्पष्ट पारे ।

‘सवारी तथा यातायात व्यवस्था सवारी दर्ता तथा नवीकरण, लाइसेन्स वितरण प्रक्रियासँगै लाइसेन्स छपाई तथा वितरण अधिकार समेत सम्बन्धित प्रदेशहरुलाई नै दिँदा के हुन्छ ?’ यसै विषय छलफल गर्न सम्बन्धी प्रदेशका यातायात हेर्ने मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई छलफलमा बोलाइएको उनले बताए ।

हाल १४ लाख लाइसेन्स छपाई पेन्डिङमा रहेको बताउँदै मन्त्री ज्वालाले सोमध्ये ६ लाख स्मार्ट कार्ड छपाई भइसकेको र छ लाख कार्ड तत्काल छपाइको चरणमा रहेको जानकारी दिए ।

आइतबारको संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक सम्बन्धित मन्त्रालयहरुबिचको उच्चस्तरीय समन्वयात्मक छलफलमा सवारी तथा यातायात क्षेत्रको सुधारमा खास ७ वटा मुद्दामा छलफल हुँदैछ ।

लाइसेन्स छपाई, इम्बोस्ट नम्बर प्लेट कार्यान्वयन, विद्युतीय सवारी दर्ता प्रणाली, विद्युतीय सवारी दर्ता, सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन तथा नक्कली लाइसेन्स छपाई तथा वितरणसहित सान्दर्भिक तत्काल समाधान गर्नुपर्ने मुद्दामा छलफल केन्द्रित हुने मन्त्री ज्वालाले बताए ।

सम्बन्धित समाचार