Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

अप्पर तामाकोशीको लिलामी शेयरमा १ सय ४६ रुपैयाँ भन्दा बढी मूल्य राख्नेले पाउने

अप्पर तामाकोशीको लिलामी शेयरमा १ सय ४६ रुपैयाँ भन्दा बढी मूल्य राख्नेले पाउने

अप्पर तामाकोशीको लिलामी शेयरमा १ सय ४६ रुपैयाँ भन्दा बढी मूल्य राख्नेले पाउने

काठमाडौ, ७ माघ । अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कट अफ प्राइस १ सय ४६ रुपैयाँ कायम हुने सम्भावना प्रवल देखिएको छ । गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो 

शेयर लिलामीको बिक्री प्रबन्धक नागरिक लगानी कोष पुँजी बजार शाखा प्रमुख नारायण घिमिरेका अनुसार ७ अर्ब भन्दा बढी नगद जम्मा भएको उक्त लिलामीमा गुड फर पेमेन्ट चेकबाट पनि धेरैले शेयर आवेदन गरेका थिए ।

‘आइतबार बेलुकीसम्म सबै बोलपत्र खोल्ने कार्य सम्पन्न भए पनि बोलपत्रको लागि भरेको सबै चेक अहिलेसम्म साटि सकिएको छैन । चेक बाउन्स भएमा १ सय ४६ रुपैयाँभन्दा तल्लो मूल्यमा पनि शेयर पाउन सकिन्छ । अहिलेसम्मको तथ्यांक अनुसार १ सय ४६ रुपैयाँ कट अफ प्राइस हुने प्रारम्भिक नतिजा बाहिर आएको छ । आधिकारिक तथ्यांक भने भोलि मात्रै आउनेछ ।’–उनले भने ।

सम्बन्धित समाचार