Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

अर्थ प्लस
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं, साउन १६ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले अपरान्ह ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै गएको छ भने कर्जा लगानी हुन नसक्दा पूँजी जम्मा भइरहेको छ । 

केन्द्रीय बैंकका अनुसार साउन १३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ६४ खर्ब ३४ अर्ब रुपैयाँ छ भने यता कर्जा लगानी ५१ खर्ब ४० अर्ब रुपैयाँ बराबर मात्र छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा ७ खर्बमाथि तरलता छ । यसले गर्दा पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपोमार्फत् निरन्तर तरलता प्रशोचन गरिरहेको छ । बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ । 

सम्बन्धित समाचार