Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?

अर्थ प्लस
आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?

काठमाडौं, साउन १७  नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य २ रुपैयाँले घटाएको छ भने हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

मूल्य घटेसँगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा र डिजेल र पेट्रोल १५५ रुपैयाँ ५० पैसा कायम गरिएको छ । 

त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको भाउ प्रतिलिटर १६९ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ । यसैगरी, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १५८ रुपैयाँ तोकिएको छ । 

notice.JPG

 

सम्बन्धित समाचार